किराँत खम्बु राई समूह भित्र कै एक अङ्ग खिम्दुङ पाछा हो । ईतिहासमा उल्लेखित अथवा हालसम्म पत्ता लागे अनुसार खिम्दुङ वंशका आदि पूर्खा हामी र राचिङ उखिया (रुसुमीहाङ) का वंशीय सन्तानहरुको लगभग २०८० साल सम्म आईपुग्दा २३औं पुस्ता चलिरहेको अवस्था विद्यमान छ ।
तत्कालिन समय र परिस्थिति अनुसार जीवन जिउने क्रममा हाम्रा आदि पूर्खा भोजपुर जिल्लाको उत्तरी भेग सालेमा-लुङखिम (हाल साल्पासिली छो गाउँपालिका) साविक दोभाने गा.वि.स. बाट पिखुवा खोलाको उद्गम स्थल सुम्लिखा, सावा हुँदै रिमचिम गाउँ (हाल टेम्केमयु गाउँपालिका-१) साविक तिम्मा गाउँपालिका ७ मा आई बसोबास भएको र निजको सन्ताहरु रिमचिम गाउँबाट अन्य विभिन्न जिललाका स्थानहरुमा बसाईसराई गर्दै फैलँदै पूर्वी नेपालको दशवटा जिल्लाहरुमा बसोबास रहेको तथ्य प्रमाणसँगै एसिया महादेशको केही मुलुकहरुमा पनि बसोबास गर्दै आएको प्रमाण छ जस्तै भारत, वर्मा बङ्गलादेश,मलेशिया, भुटान, जापान र थाईल्याण्ड आदि छन् भने यूरोप महादेशको बेलायत, फ्रान्स र जर्मनी जस्ता मुलुकहरुमा पनि छरिएर बसेको तथ्य प्रमाण पाईएको छ । त्यति मात्र होइन अमेरिका महादेशको विभिन्न मुलुकहरुमा पनि यसै गरि छरिएर बसेका तथ्य प्रमाण पाइएको छ । यसै गरि अष्ट्रेलिया जस्ता विचित्रको महादेशमा पनि खिम्दुङ वंशका पाछाहरु बसोबास गर्दै आएका तथ्य प्रमाण पाईएको छ ।
यसरी खिम्दुङहरु स्वदेश र विदेशमा समेत विभाजित भएर बसोबास गर्नाले कालन्तरमा गएर एउटै रगत भित्र सामाजिक तुसारापात / विकृति नहोला भन्न सकिन्न ।
यस विषयलाई नै मध्यनजर राखी आफ्नो वंश भित्रका सामाजिक, धार्मिक, सांस्कृतिक र वंश एकतालाई एकरुपता / एकिकृत गरी सिङ्गो राष्ट्रको चौतर्फी विकास निर्माण सहयोग पुर्याउन सकियोस भन्ने मान्यता खिम्दुङ राई कल्याणकारी समाज (Khimdugrai Welfare Society) नामक संस्था स्थापना तथा सञ्चालन गर्नको निम्ति यो संस्था खोलिएको हो ।
अत्यन्तै रोचक विषयः
खिम्दुङ पाछा कसरी रहन गयो भन्ने बारे तत्कालिन समयमा सबै मानिसहरुले खरको घर बनाएर बस्ने गर्दथे । त्य खरको घर चाहिँ खर वा परालले छाउने गरे तापनि त्यसको धुरी बाँध्न चाहि अरु कसैले पनि जान्दैनथे ।
सो अवसरमा खिम्दुङ राई चाहिँ घरको खरको छानो बाँध्न अत्यन्तै सिपालु थिए । त्यसैले खिम भर्नको घर दोङ भनृका धुरी बाँध्न जान्ने सिपालु मान्छ । खिम+ दुङ=खिम्दुङ राई पाछा रहन गएको हो भनेर इीतहास रहेको छ ।
देश वा विदेशमा रहेको खिम्दुङ राईहरुलाई एकता गरी जोड्नको निम्नि निम्न वंशीय मेसेन्जर ग्रुप हरु मार्फत जोडिनको निम्ति हार्दिक अनुरोध गरिन्छ ।
१) खिम्दुङ राई कल्याणकारी समाज (चिण्डो राखिएको छ)
२) World Khimdung Rai Society
३) खिम्दुङ सृजनशिल आमा समूह
४) www.khimdungraiwelfaresociety.org
५) Dilman Laxmi Khimdung Rai for website matter
धन्यवाद